Thursday, May 2, 2013

बाजुराको पाण्डुसैन गाविसमा हिजो मृत्यु भएका तीन जनाको शव पोष्टमाटमका लागि आज जिल्ला अस्पताल मार्तडीमा

    राम बहादुर दानी प्राबिभिक एबं कार्यक्रम पैस्तोता रेडियो पौरखी ९०.४ मेगाहर्ज मार्तडी बाजुरा

बाजुराको पाण्डुसैन गाविसमा हिजो मृत्यु भएका तीन जनाको शव पोष्टमाटमका लागि आज जिल्ला अस्पताल मार्तडीमा ल्याइएको छ । खाना खाएपछि अकस्माद मृत्यु भएका पाण्डुसैन गाविस वडा नं ३ का विरेन्द्र गुरुङ, कल सिहं र अन्जु कार्कीको शव आज जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा ल्याइएको हो । जिल्लामा डाक्टर नहुदा आज शवको पोष्टमार्टम हुन बाकी रहेको छ । स्थानियले खाना खाएपछि मृत्यु भएको भने पनि कसरी मृत्यु भयो भन्ने बारे पोष्टमार्टम पछि मात्रै तथ्य थााहा हुने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला विकास समितिको विकास कोषमा आयको विकास निसर्त अनुदान अन्र्तगतको रकम विनीयोजन गर्न आज बोलाइएको राजनैतिक दलको बैठक स्थगित भएको छ । पाटी भित्रको आन्तरिक विवादका कारण बैठक स्थगित भएको जिल्ला विकास अधिकारी विष्णुप्रसाद घिमिरेले बताउनु भएको छ । जिल्ला विकास समितिमा अख्तीयारी भएरको विकास अनुदान अन्र्तगतको ६१ लाख रुपैया विभिन्न योजनामा वाडनका लािग राजनैतिक दललाई बोलाइएको भए पनि नेकपा एमाले पाटी भित्रको विवादका कारण स्थगित भएको एनेकपा माओवादीका सुदुरपश्चिम विकास आयोगका सदश्य तेजबहादुर शाहले बताउनु भएको


छ । तर नेकपा एमालेका जिल्ला अध्यक्ष लालबहादु थापाले भने बैठक जुधेका कारण आजको जिल्ला विकास समितिको वैठक स्थगित गरिएको बताउनु भएको छ । मनलागि तरिकाले विभिन्न पाटीका प्रतिनिधी छलफल भित्र पसेकाले आजको बैठक छलफलमा प्रबेश नगरी स्थगित भएको नेपाली काङगे्रस जिल्ला कार्यसमिति बाजुराका सचिव धनराज पण्डितले बताउनु भएको छ । बैठक भोलीको लागि बोलाइएको छ ।